शेयरबजार परिसूचक दोहोरो अंकले घट्याे, लगानीकर्ता सुस्ताउँदा कारोबार पनि साढे ४ अर्बमा सीमित
- गाउँ सहर संवाददाता
- २३ असार बुधबार, २०७८ | १५:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बुधबार) पनि दोहोरो अंकको घटेकाे छ । लगातार घटिरहेको सेयर बजार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा सीमित भएको छ ।
यो दिन १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा कारोबार भएको छ । यो दिन ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ विकास बैंक र माइक्रोफाइनान्सबाहेकका अन्य उपसमूहमा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष सिभिल लघुवित्त, सामूदायिक लघुवित्त, साधना लघुवित्त, इभरेष्ट इन्स्योरेन्सलगायतका कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी, युनाइटेड इदी मर्दी, राधी विद्युत्, शिव श्री हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेडलगायक कम्पनी छन् ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी छिमेकी लघुवित्त विकास बैंकको भएको छ । यस कम्पनीको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।
पछिल्ला दिनहरुमा लगानीकर्ता समेत अन्योलमै देखिन्छन् । अहिले धेरै लगानीकर्ताहरु 'पर्ख र हेर' को अवस्थामा रहेका छन् जसले गर्दा कारोबार रकम समेत खासै बढ्न सकेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस