पेट्रोलियम पदार्थमा गरेकाे मूल्य वृद्धि फिर्ता लिन नेविसंघको माग
- गाउँ सहर संवाददाता
- २३ असार बुधबार, २०७८ | ०८:३७:०० मा प्रकाशित
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाएको छ । पटकपटक मुल्यवृद्धि जनताले धान्नै नसक्ने भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले यसको विरोध गरेका हुन् ।
उनले अत्यावश्यकिय उपभोग्य वस्तुमा मुल्यवृद्धिको कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नुपर्ने बताए । तत्काल मुल्यवूद्धि फिर्ता नगरे ठाउँठाउँबाट प्रतिरोध गर्ने चेतावनीसमेत उनले दिए ।
असार ९ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ ।
समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १२९, डिजेल ११२ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८४ रुपैयाँ पुगेको छ । यस्तै निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १९ अमेरिकी डलरले बृद्धि गरेको छ । नयाँ मूल्य अब ७५४ प्रति किलोलिटर कायम भएको छ ।
मूल्य समायोजनपछि पनि पेट्रोलमा ७ रुपैयाँ ४५ पैसा, डिजेलमा ४ रुपैयाँ ३५ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ३१९ रुपैयाँ ३२ पैसा घाटा रहेको निगमले जनाएको छ ।
यसअघि भएको मूल्य समायोजनपछि पेट्रोल १२७ रुपैयाँ र डिजेल ११० रुपैयाँ कायम थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस