सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एसिया बैंकका कर्मचारीद्वारा विरोध प्रदर्शन
- गाउँ सहर संवाददाता
- १८ असार शुक्रबार, २०७८ | १८:३१:०० मा प्रकाशित
काठमाडाैं । नेपाल सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले आज देशैभरि एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विरोध प्रदर्शन गरेको छ ।
सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरुले संयुक्त रुपमा पेस गरेका सुझावहरुको सम्बोधन गर्न यो संघ सरोकारवालाहरुसँग अपिल पनि गरेको छ । यस योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धिह समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने संघले जनाएको छ ।
हालको व्यवस्था न्यूनतम पारिश्रमिक हुने वर्गलाई केही राम्रो देखिए पनि लामो समयसम्म संघर्ष गर्दै विभिन्न सुविधा हासिल गर्न सफल बैंकिङ क्षेत्रका कर्मचारीलाई भने खासै आवश्यक नदेखिएकोे अवस्थामा पनि सरकारको योजनालाई मूर्तरुप दिन बैंकिङ क्षेत्रका कर्मचारीवर्ग उक्त योजनामा आवद्ध हुन तयार रहेको तर हालको विभेदकारी बुँदाहरुलाई भने परिमार्जन गर्नुपर्ने संघले माग गरेको छ ।
‘सरकारले युगान्तकारी योजना ल्याएको र समग्र कर्मचारीवर्गको हितका लागि यो योजनाले काम गर्नेछ भन्ने हाम्रो अपेक्षाविपरीत उक्त योजनाले बैंकिङ कर्मचारीलाई अन्यायपूर्ण व्यवस्था लाग्र गर्दै बाध्यकारी बनाउन खोजेको छ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सबै कर्मचारी ऐक्यबद्ध भई आन्दोलनमा उत्रिनुपरेको अवस्था सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ र हाम्रा माग पूरा गरी न्यायोचित ढंगबाट उक्त सामाजिक सुरक्षा कार्यविधि परिमार्जन नगरेसम्म यो दबाब निरन्तर राख्नेछौँ ।’
‘एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौँ भन्ने होइन तर यथावस्थामा जुन विभेद गरिएको छ, त्यसको हामी विपक्षमा छौँ र हामीले राखेका बुँदागत माग पुरा नहुँदासम्म विरोध कार्यक्रम जारी राख्नेछौँ’, संघका अध्यक्ष सुमन थापाले भने, ‘हामी आशावादी छौँ यस जनताउन्मुख सरकारले कुनै पनि कर्मचारीलाई अन्याय नहुने गरी हाम्रो मागको यथाशीघ्र सम्बोधन गर्नेछ र ऐनमै हाम्रा मागहरुलाई प्रत्याभूत गर्नेछ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस