गाउँ सहर

पाँच विद्यार्थी संगठनले भने- प्रतिनिधि सभा विघटनविरूद्ध हाम्राे आन्दोलन जारी छ

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम जारी राख्ने भएका छन् ।

आज बसेको विद्यार्थी संगठनहरूको संयुक्त बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको छ ।

संविधान रक्षाका लागि काठमाडौंको माइतीघर मण्डल र उपत्यकाबाहिर पनि प्रदर्शन गर्ने निर्णय भएको विद्यार्थी संगठनहरूले जारी गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए ।

त्रिविमा एमफिल र पिएचडी लगायतमा बढाएको शुल्क वृद्धिविरूद्ध आन्दोलनरत विद्यार्थीको संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरूले बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन् ।

गाउँ सहर संवाददाता