लेखनाथ उद्योग वाणिज्य संघले यो वर्षलाई रजत वर्षको रुपमा मनाउने
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | २१:११:०० मा प्रकाशित

लेखनाथ । स्थापनाको २४ औं बसन्त पार गरी यही असार २० गते देखि २५ औं वर्षमा प्रवेश गर्न लागेको लेखनाथ उद्योग वाणिज्य संघले यो वर्षलाई रजत वर्षको रुपमा मनाउने भएको छ ।
संघको बुधवार बसेको विभिन्न उप समितिका संयोजक÷सहसंयोजक तथा कार्यसमितिको बैठकले स्थापना दिवस असार २० देखि अगामी २०७९ को असार १९ सम्म विभिन्न कार्यक्रमहरु गरी रजत उत्सव मनाउने निर्णय गरेको हो ।
यसै विच संघले २४ औं स्थापना दिवस यहि असार २० गते आईतबार संस्थापक सदस्यहरु, पूर्व पदाधिकारी, पूर्व कार्यसमिति सदस्य÷सल्लाहकार र विभिन्न उप समितिका संयोजक तथा सहसंयोजकका विच पुर्नमिलन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
वि. सं २०५४ साल असार २० गते ८० जना साधारण सदस्यहरुबाट स्थापित लेखनाथ उद्योग वाणिज्य संघमा अहिले एक हजार सात सय ४५ सदस्यहरु रहेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष बलराम ढकालले ब्यवसायिक हक हितका सवालमा संघ मार्फत आफनो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, संघीय सरकार, प्रदेश र स्थानीय सरकारमा आवाज उठाउँदै कोरोनाको महामारीका कारण मर्कामा परेका आम ब्यवसायीको पिर, मर्का लगायत कर छुटका सवालमा लभिङ गर्दै आएको बताएका थिए ।
सोही अवसरमा अध्यक्ष ढकालले आफना ब्यवसायीहरुलाई कोरना विरुद्धको खोपको ब्यवस्थापन गरि ब्यवसाय संचालनका लागि महासंघसँग अनुरोध गरेको साथै नेपाल राष्ट्र वाणिज्य बैंकद्वारा जारी हुने मौद्रिक नीतिमा संघद्वारा राय सुझाव पठाइएको, स्थानीय सरकारले लिने व्यवसाय करमा छुटका लागि पहल तथा व्यवसायीहरुको समस्याहरुलाई सम्वन्धित निकायमा ध्यानाकर्षण गराउँदै आइरहेको जानकारी दिए ।
संघका महासचिव गोपिचन्द्र बास्तोलालले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस