लेखनाथ उद्योग वाणिज्य संघमा पहिलो पटक महिला अध्यक्ष
- गाउँ सहर संवाददाता
- २४ भदौ मंगलबार, २०८२ | ०९:०७:०० मा प्रकाशित
लेखनाथ । साविक लेखनाथ, मादी र रुपा गाउँपालिका क्षेत्रका उद्योगी व्यवसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । लेखनाथ उद्योग वाणिज्य संघमा एक दशक बढीको यात्रा गर्दै संघको इतिहासमा पहिलो पटक अध्यक्ष बन्ने अवसर जानुका पराजुली अधिकारीले पाएकी हुन् ।
वि स २०७४ सालमा महिला उद्यमीका रुपमा संघमा प्रवेश गरेकी जानुकाले छोटो समयमा ब्यवसायीको मन जित्दै लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित हुन सफल भइन् । संघको २९ औ वार्षिक साधारण सभा तथा १५औं अधिवेशनले जानुकालाई नेतृत्वमा पु-याएको हो । संघमा प्रवेश गर्दा विभिन्न उप समितको जिम्मेवारी पाउँदै कार्यसमिति सदस्य, उप माहासचिव, कोषाध्यक्ष र कार्यसमितिको महासचिव हुदै अध्यक्षमा पुग्न सफल भएकी हुन् ।
जानुकाले कुल खसेको १,८८१ मतमा ९ सय ९६ मत प्राप्त गरिन् भने अध्यक्षमा वरिष्ठ उपाध्यक्ष समेत रहेका अर्का प्रतिस्पर्धी राजेन्द्र ओझाले ८ सय ३३ मत प्रात्त गरेका थिए । ओझलाई १ सय ६३ मतले पछि पादै जानुका बिजयी भएकी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस