नेप्से परिसूचक २ हजार ८२३ विन्दुमा, ४ दशमलव १३ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- १६ असार बुधबार, २०७८ | १५:३९:०० मा प्रकाशित
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव १५ प्रतिशत अर्थात् ४ दशमलव १३ अंकले घटेको छ ।
यस दिन नेप्से परिसूचक २ हजार ८२३ विन्दुमा बन्द भएको हो । उता, सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २५ प्रतिशत अर्थात् १ दशमलव ३२ अंक घटेर ५२२ दशमलव ३७ विन्दुमा झरेको छ ।
सामान्य अंकले घटको बजारमा वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ८१ प्रतिशत बढेको हो ।
त्यस्तै विकास बैंकको परिसूचक पनि यो दिन ३ दशमलव ३७ प्रतिशत बढेको छ भने जलविद्युतको शून्य दशमलव १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९७ प्रतिशत र अन्यको शून्य दशमलव ८६ प्रतिशत परिसूचक बढेको छ ।
बुधवार कारोबार रकममा पनि कमि आएको छ । यस दिन २२० ओटा कम्पनीको ६८ हजार १९२ पटकको व्यापारमा रू. ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार बराबरको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर कारोबार भएको हो । कुुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल इन्स्योरेन्सले ओगटेको छ । उक्त कम्पनीको रू. ३० करोड ४२ लाख ५८ हजार बराबरको शेयर कारोबार भएको हो ।
सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि ३ दशमलव ३३ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार १८० कायम भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८ ले बढेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस