मंगलबार नेप्से राताम्मे, काराेबार रकम पनि ६ अर्बमा सीमित
- गाउँ सहर संवाददाता
- १५ असार मंगलबार, २०७८ | १६:५१:०० मा प्रकाशित
काठमाडौं । साेमाबार सामान्य अंकले बढेकाे शेयरबजार मंगलबार (आज) ४७ अंकले घटेकाे छ । यस दिन नेप्से परिसूचक ४७.५० अंकले घटेर २८२८ विन्दुमा सीमित भएको छ ।
यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्ले दिन ७ अर्बभन्दा धेरैको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम ७ अर्बभन्दा कम छ ।
यो दिन १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँमा कारोबार भएको छ ।
काराेबार भएका ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा ओरियन्टल होटल, गुँरास लघुवित्त, सामूदायिक लघुवित्त, तारागाउँ रिजेन्सी होटल, सिभिल लघुवित्त र निर्धान उत्थान लघुवित्तलगायतका कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा प्रोग्रेसिभ फाइनान्स, एचआइडीसीएल, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल फाइनान्सलगायतका कम्पनी छन् ।
राधि विद्युतको सबैभन्दा धेरै ४९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस