अक्सफोर्ड अध्ययन दाबी: एस्ट्राजेनेका खाेपकाे दाेस्राे मात्रामा ३१५ दिनकाे दुरी अधिक प्रभावी
- गाउँ सहर संवाददाता
- १५ असार मंगलबार, २०७८ | ११:१९:०० मा प्रकाशित

काठमाडाैँ । एस्ट्राजेनेकाकाे दुइ खाेपबीचकाे अन्तर ३१५ बीचमा बढी प्रभावकारी भएकाे अक्सफोर्डले भर्खरै गरेको अध्ययनमा दाबी गरिएको छ । उनीहरूले भनेका छन्- यस खोपको तेस्रो खुराकले मानव शरीरको एन्टिबडीहरूको स्तरमा पनि थप वृद्धि गर्न सक्छ ।
अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि दोस्रो खुराककाे ३ महिनापछि जब तेस्रो खुराक बूस्टरको रूपमा दिइयो, मानव शरीरको कोरोना भाइरस भेरिअन्टबिरूद्ध राम्रो प्रतिक्रिया थियो ।
अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक प्रोफेसर एन्ड्र्यू पोलार्डले सोमबार भने, 'यो तथ्या देखाउँछ कि एस्ट्राजेनेका-अक्सफोर्ड खोपको अर्को खुराक दिएर हामी प्रतिक्रिया बढाउन सक्दछौं । यो वास्तवमै महत्त्वपूर्ण छ । दुई खुराकबाट उन्मुक्ति अवधि र भेरिअन्टबिरूद्ध संरक्षणको बारेमा थप अनुसन्धानले बुस्टर डोज वास्तवमै आवश्यक छ कि छैन भनेर निर्धारण गर्न मद्दत गर्दछ ।'
अध्ययनबाट पहिलो खुराक पछि, एन्टिबडीहरू एक वर्ष पछि केही हदसम्म शरीरमा रहेकाे पत्ता लाग्याे । २८ दिन जुन स्तर थियाे त्याे १८० दिनपछि आधा रह्यो । जबकि, दोस्रो खुराक पछि, एन्टिबडीहरूको स्तर एक महिना पछि ४ देखि १८ गुणासम्म बढ्याे । यस अध्ययनमा संलग्न सबै स्वयंसेवकहरू १८ देखि ५५ वर्ष उमेरका समूहका थिए ।
वर्तमानमा, धेरै देशहरूले दुई खुराक बीच ८ देखि १२ हप्ताको दुरी राखेका छन् । नेपालमा पनि साेहि गरिएकाे छ । यहाँ कोभिसिल्ड र भेराेसेल भ्याक्सिनको पहिलो र दोस्रो खुराक बीच १२ हप्ताको दुरी छ ।
अक्सफोर्ड अधिकारीहरूका अनुसार यो अनुसन्धानले विश्वभरका देशहरूलाई भाइरसबिरूद्ध खोप अभियानमा सहयोग पुर्याउन सक्छ । किनभने, खोपहरू बिचको अन्तर ठूलो भएमा, उपलब्ध खोपहरूको संख्या धेरै मानिसहरूमा पुग्न सक्षम हुनेछ । यसैबीच कम्पनीहरूलाई पनि उत्पादन बढाउन मद्दत गरिनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस