कोरोनाबाट थप ४२ को मृत्यु, सक्रिय संक्रमितको संख्या ३७ हजार ९५०
- गाउँ सहर संवाददाता
- १४ असार सोमबार, २०७८ | १६:३१:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ९ हजार ५१ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट ११ हजार ६४० को परीक्षण गरिएकोमा २ हजार ४४४ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.२ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको छ । निको हुनेको प्रतिशत ९२.२ छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० छ । देशभरका अस्पतालहरुमा ६५७ को आइसियूमा र १९३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ३५ हजार ७५ र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ८७५ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३३ लाख २९ हजार ६८७ र एन्टिजेन परीक्षण १ लाख ७९ हजार ९१४ को गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्रतिकृया दिनुहोस