सर्वाेच्च अदालतद्वारा युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १७:४५:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को निर्णय कार्यान्वयन गर्न रोक लगाउने आदेश गरेको छ। सर्वोच्चले आइतबार पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो ।
मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो । उक्त निर्णयविरुद्ध सर्वाेच्चमा परेकोझ रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो। सोही आदेशको अधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो। अधिवक्ता दिपकविक्रम मिश्रको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस