सर्वाेच्च अदालतद्वारा युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न अन्तरिम आदेश
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | १७:४५:०० मा प्रकाशित
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको अर्को निर्णय कार्यान्वयन गर्न रोक लगाउने आदेश गरेको छ। सर्वोच्चले आइतबार पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा गरेको सिफारिस कार्यान्वयनमा रोक लगाउने आदेश गरेको हो ।
मन्त्रिपरिषद्को वैशाख २५ गतेको बैठकले कार्कीलाई बहराइनको आवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय थियो । उक्त निर्णयविरुद्ध सर्वाेच्चमा परेकोझ रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले यसअघि राजदूतमा सिफारिस हुने व्यक्तिको योग्यता सम्बन्धी मापदण्ड परिर्वतन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको थियो। सोही आदेशको अधारमा सर्वोच्चले यस्तो आदेश गरेको हो। अधिवक्ता दिपकविक्रम मिश्रको निवेदनमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
(1).jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस