प्रतिनिधसभा विघटन मुद्दामा रिट निवेदक तर्फबाट बहस गर्न बाँकी समय २ घण्टा ३५ मिनेट आज सकिँदै
- गाउँ सहर संवाददाता
- १३ असार आइतबार, २०७८ | ०९:४५:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकतर्फका कानुन व्यवसायीको बहस आज सकिँदैछ ।
कानुन व्यवसायी तर्फको बहस शुक्रबार नै सकिने भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गरेका थिए । शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, अधिवक्ता डाक्टर दीनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको रिट निवेदकतर्फका कानुन व्यवसायीलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । सुनुवाइका क्रममा इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते आफूलाई प्रतिनिधिसभाको विश्वास नभएकाले मार्ग प्रशस्त गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई अर्को प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया सुरु गर्न लेखेको पत्रका विषयमा बहस भएको थियो ।
रिट निवेदक तर्फका कानुन व्यवसायीको बहस सकिएपछि रिट निवेदकको विपक्षले बहस सुरु गर्ने सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।
सरकारी पक्षलाई बहसका लागि १५ घण्टाको समय दिइनेछ । त्यसपछि जवाफी बहसका लागि निवेदक पक्षले ३ घण्टाको समय प्राप्त गर्नेछ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विभिन्न ३० वटा रिट दर्ता भएका छन् ।
अहिले कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले प्रतिनिधिसभा पुर्नस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै दर्ता गरेको रिटमाथि बहस भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस