गाउँ सहर
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित कति थपिए ?
- गाउँ सहर संवाददाता
- १२ असार शनिबार, २०७८ | १८:००:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार ८१० वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार १६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २४९ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै १८१ जना छन् । यस्तै, ललितपुरमा ४३ र भक्तपुरमा २५ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ३० जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा चार हजार ९१४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस