कोरोना सक्रिय संक्रमितको संख्या घट्दो, ९१.३ प्रतिशत निको, थप २७ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- ११ असार शुक्रबार, २०७८ | १७:३४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ ।
नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यस्तै आइसियू र भेन्टिलेटरमा विरामीको संख्यापनि घटेको छ ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ९४५ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका र अस्पतालमा छुटेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १४ हजार ३५१ को परीक्षण गरिएकोमा २ हजार ४७६ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ । नयाँ संक्रमितमा ६०.७ प्रतिशत पुरूष र ३९.२ महिला छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ७१४ को आइसियूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ४२ हजार ९१० र संस्थागत आइसोलेशनमा रहनेको संख्या २ हजार ८४४ छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पिसिआर परीक्षण ३३ लाख १२ हजार ३३५ र एन्टिजेन परीक्षण १ लाख ६६ हजार ३०७ को गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस