स्वास्थ्य
उपत्यकामा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि
- गाउँ सहर संवाददाता
- ५ असार शनिबार, २०७८ | १७:०५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ६९६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ४०१ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ३३७ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै २०१ जना छन् । यस्तै, ललितपुरमा ९२ र भक्तपुरमा ४४ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।
देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर ३४ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस