आयल निगमद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग
- गाउँ सहर संवाददाता
- ४ असार शुक्रबार, २०७८ | १६:००:०० मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान ग्यास सिलिण्डर, ३० ग्यास चुल्हो र खाद्यान्न हस्तान्तरण गरे।
जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा उक्त सामग्री प्रभावितलाई हस्तान्तरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रका सयौँ घरमा क्षति पु¥याएको छ ।
बाढीबाट सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका छन् । निगमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस