सिन्धुपाल्चाेकका बाढीपहिराे पीडितलाई राहत, पुनर्स्थापना गर्न नेविसंघ महामन्त्री तिमल्सिनाकाे माग
- गाउँ सहर संवाददाता
- ४ असार शुक्रबार, २०७८ | ११:४९:०० मा प्रकाशित

काठमाडाैं । नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले सिन्धुपाल्चाेकमा गएकाे बाढीपहिराेले पुर्याएकाे क्षति र बिपत्तिमा परेकाेहरूकाे लागि राज्यकोतर्फबाट उद्वार, राहत, पुनर्स्थापना र पुनर्वासका निम्ति तत्काल बृहत योजनासहितको कार्य तदारुकताकासाथ प्रारम्भ गर्न माग गरेका छन् ।
महामन्त्री तिमल्सिनाले शुक्रबार अपिल गर्दै नेविसंघ र नेपाली कांग्रेस लगायत सबै भातृ तथा सुभेक्षुक संघ/संस्था र यसमा आबद्धहरूलाई अपिल गरेका छन् ।
विज्ञप्तिमा भनिएकाेछ- "सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं- २ को याङ्ग्री लार्के भेगमा अविरल बर्षासँगै गएको ठूलो पहिरोको कारणले खोला थुनिएर आएको बाढीले जिल्लाका हेलम्बु, मेलम्ची, नवलपुर, चनौटे, तालामाराङ, लार्के याङ्ग्री लागायतका विभिन्न भू-भागका दर्जनौं मानिसहरु बेपत्ता, खेतीयोग्य जमिन बगरमा परिणत, बस्ती तथा बजारका घरबार तथा विभिन्न भौतिक संरचना लगायत विकास निर्माणका संरचना ध्वस्त भएको अकल्पनीय घटनाले हामीलाई अत्यन्तै दु:खी बनाएको छ । हामी जिल्लाबासीले फेरि अर्को बिपत्ति भोग्नुपरेको छ ।बिपत्तिको चौथो दिनसम्म पनि क्षतिको यकिन विवरण आइसकेको छैन । राज्यको तर्फबाट उद्वार,राहत,पुनर्स्थापना र पुनर्वासका निम्ति तत्काल बृहत योजना सहितको कार्य तदारुकताकासाथ प्रारम्भ गर्न माग गर्दछु।
हरेक बिपत्तिमा सदैब अग्रमोर्चामा रहेर स्वयंसेवी भूमीकामा अब्बल साबित नेपाल विद्यार्थी संघ घटना घटेलगत्तै मेलम्ची, हेलम्बु र आसपास क्षेत्रमा परिचालित भएको छ । बुधबार मेरो नेतृत्वमा नेविसंघका जिल्लाका नेताहरुको टोली उद्वार, राहत र पुनर्स्थापना कार्यमा सक्रिय छ भने म समेतको नेविसंघ टोली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाइँ र सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामा मार्फत बुधबार नै तत्कालको राहतको निम्ति खाद्यान्न सामग्री सहित उद्वाकर्मी, स्वास्थ्यकर्मी र शुरक्षाकर्मीका निम्ति अत्यावश्यक पीपीइ सेट, फेससिल्ड, मास्क, स्यानिटाइजर लगायतका सामग्री हस्तान्तरण गरिएको छ भने यो क्रम निरन्तर जारी छ ।
अकल्पनीय दु:खको घडीमा सबै मिलेर घटनाको सामना गर्न र यथाशीघ्र आफूले सकेको उद्धार तथा राहतमा जुट्न नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस लगायत सबै भातृ तथा सुभेक्षुक संघ/संघसंगठन र यसमा आबद्ध साथीहरू, स्वदेश तथा बिदेशमा अबस्थित विभिन्न संघ संगठन र सहयोगी महानुभावहरुमा हार्दिक अपिल गर्दछु ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस