जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन अध्यक्ष राणाकाे माग
- गाउँ सहर संवाददाता
- २ असार बुधबार, २०७८ | १६:००:०० मा प्रकाशित
सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
‘प्राकृतिक विपत्तिको मारमा परेका जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारले कुनै विलम्ब गर्नु हुँदैन । अविरल वर्षाबीच जनधनको क्षति र जोखिम कायम रहेकोले आपतकालीन परिचालन गर्न सरकारलाई आह्वान गर्दछु,’ राप्रपा अध्यक्ष राणाले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा बुधवार भने ।
बाढी प्रभावित क्षेत्रका जनतासँग कुराकानी गर्ने क्रममा राणाले व्यक्तिगत रुपमा आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरे । प्राकृतिक प्रकोपमा मृत्यु भएका स्थानीयप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।
सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित क्षेत्रको स्थलगत निरीक्षण गर्ने क्रममा राणा मेलम्ची, तिम्बु, किउल, चनौते, ग्याल्थुम, याङ्ग्री र हेलम्बु लगायतका स्थान पुगेका थिए ।
दुःखमा परेका जनतालाई सहयोग गर्ने विषयलाई लिएर अध्यक्ष राणाले सभामुख अग्नीप्रसाद सापकोटासँग मेलम्चीमा छलफल गरे । यसैगरी सभामुख सापकोटा, प्रदेश सांसद, नगर प्रमुख लगायतको उपस्थितिमा सर्वपक्षीय वैठक बसेर आपतकालीन निकासका लागि पहल गरे ।
पीडित जनताको उद्धार र राहत कार्यमा क्रियाशील हुन राप्रपाका स्थानीय निकायहरुलाई अध्यक्ष राणाले निर्देशन दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
प्रतिकृया दिनुहोस