कोरोनाभाइरसका कारण थप ४१* जनाको मृत्यु, निको भए ४ हजार १८७, थपिए २ हजार ७४५ नयाँ संक्रमित्
- गाउँ सहर संवाददाता
- १ असार मंगलबार, २०७८ | १७:२९:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । दैनिक मृतकको संख्या घटेको छ । नयाँ थपिने संक्रमितको संख्यापनि कम भएको छ भने निको हुने दर बढेको छ । यो खुसीको खबर हो ।
कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ४१* जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ८ हजार ५०६ पुगेको छ ।
यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १३ हजार २९० को परीक्षण गरिएकोमा २ हजार ७४५ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर विधिबाट ६ लाख १२ हजार २०२ र एन्टिजेन विधिबाट २२ हजार ४०३ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ । निको हुनेको प्रतिशत ८८.३ छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ६३ हजार २५७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ९६७ को आइसियूमा र २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ५८ हजार ८६८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ४ हजार ३८९ छ । क्वारेन्टाइनमा रहनेको संख्या ५१५ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४५ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ । काठमाडौँमा ७ हजार ७८३, भक्तपुरमा २ हजार ३१७ र ललितपुरमा ३ हजार २०३ सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस