मन्त्री महासेठको स्वागत गर्न सडकमा तामझाम, स्वागतद्वारदेखि पुष्पवृष्टीसम्म
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १५:४४:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । निषेधाज्ञाकै बीच धनुषाको मिथिला विहारी नगरपालिकाले उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठको स्वागतमा लाखाैं खर्च गरेर तामझाम गरेकाे छ ।
महासेठ र उनका पत्नी पूर्वमन्त्री जुली महासेठका लागि गृहजिल्ला आएका उनलाई आज मिथिला विहारी नगरपालिकाले ठाउँ-ठाउँमा भव्य स्वागतद्वार निर्माण तामझामसहित स्वागत गरेको हो ।
उनीहरूलाई मिथिला विहारी पुग्दा पुष्पवृष्टी गरेर मेयर अनिल यादवले मन्त्री महासेठको तस्विरमा आकर्षक फ्रेम लगाई उपहार प्रदान गरे ।
महासेठ दम्पत्तिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिसलाई मेयर यादवले उतारेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर मन्त्री महासेठ दम्पत्तीले निषेधाज्ञाको कुनै परवाह गरेनन् ।
मेयर यादव नेकपा एमालेबाट निर्वाचित हुन् । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि ठाउँ ठाउँमा गेट बनाउन लगाएका थिए । कोरोना प्रभावितलाई राहत दिन नसकेको र संक्रमितको उपचारमा समेत कुनै चासो नदेखाएका मिथिला र मिथिला विहारी नगरपालिकाले मन्त्रीको स्वागतमा लाखौं रुपैया खर्चेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस