मन्त्री महासेठको स्वागत गर्न सडकमा तामझाम, स्वागतद्वारदेखि पुष्पवृष्टीसम्म
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | १५:४४:०० मा प्रकाशित
काठमाडाैं । निषेधाज्ञाकै बीच धनुषाको मिथिला विहारी नगरपालिकाले उपप्रधान एवं परराष्ट्र मन्त्री रघुवीर महासेठको स्वागतमा लाखाैं खर्च गरेर तामझाम गरेकाे छ ।
महासेठ र उनका पत्नी पूर्वमन्त्री जुली महासेठका लागि गृहजिल्ला आएका उनलाई आज मिथिला विहारी नगरपालिकाले ठाउँ-ठाउँमा भव्य स्वागतद्वार निर्माण तामझामसहित स्वागत गरेको हो ।
.jpg)
उनीहरूलाई मिथिला विहारी पुग्दा पुष्पवृष्टी गरेर मेयर अनिल यादवले मन्त्री महासेठको तस्विरमा आकर्षक फ्रेम लगाई उपहार प्रदान गरे ।
महासेठ दम्पत्तिलाई स्वागत गर्न नगरपालिकाका सयौं मानिसलाई मेयर यादवले उतारेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर मन्त्री महासेठ दम्पत्तीले निषेधाज्ञाको कुनै परवाह गरेनन् ।
.jpg)
मेयर यादव नेकपा एमालेबाट निर्वाचित हुन् । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पनि ठाउँ ठाउँमा गेट बनाउन लगाएका थिए । कोरोना प्रभावितलाई राहत दिन नसकेको र संक्रमितको उपचारमा समेत कुनै चासो नदेखाएका मिथिला र मिथिला विहारी नगरपालिकाले मन्त्रीको स्वागतमा लाखौं रुपैया खर्चेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस