वातावरण

प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडाैँ । २०७८ जेठ २८ गते (शुक्रबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

गाउँ सहर संवाददाता