गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, मन्त्री मनाङ्गे अनुपस्थित
- गाउँ सहर संवाददाता
- २७ जेठ बिहीबार, २०७८ | १८:०४:०० मा प्रकाशित
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गण्डकी प्रदेश सभा बैठकमा बिहीबार विश्वासको मतमाथि मतदान भएको थियो ।
प्रस्तावको पक्षमा जम्मा २७ मत परेको थियो भने विपक्षमा ३० परेको थियो ।
गुरुङलाई उनकै नेतृत्वको सरकारमा रहेका युवा तथा खेलकुदमन्त्री दीपक मनाङले पनि मत दिएनन् । उनी आजको बैठकमा अनुपस्थित रहे ।
खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतदान गरे ।
यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बसे । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवश्यक पर्छ ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
प्रतिकृया दिनुहोस