कर्णालीमा कोरोनाभाइरसको उच्च दर, थप ८१* जनाको मृत्यु, थपिए नयाँ ४ हजार ३४१ संक्रमित, निको भए ५ हजार ७६८
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८१* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ८ हजार १७९ पुगेको छ ।
यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १६ हजार ६४२ को परीक्षण गरिएकोमा ४ हजार ३४२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख १० हजार २५८ पुगेको छ । निको हुने दर ८५.२ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ८० हजार ३३७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३१२ को आइसियूमा र ३७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ७४ हजार ४३८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ५ हजार ८९८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ६३४ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४६ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ । पछिल्लो २४ घण्टाको तथ्यांकले कर्णाली प्रदेशमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् भने सुदूरपश्चिमको दार्चुलामा पनि संक्रमण बढेको छ । यस्तै प्रदेश १ को पाँचथर, तेह्रथुम, प्रदेश २ को सिरहा, बागमती प्रदेश, ४ नं प्रदेशको नवलपरासी, ५ को रोल्पा, छ को रुकुम र सुदूरपश्चिमको दार्चुलामा संक्रमण बढेको देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस