कर्णालीमा कोरोनाभाइरसको उच्च दर, थप ८१* जनाको मृत्यु, थपिए नयाँ ४ हजार ३४१ संक्रमित, निको भए ५ हजार ७६८
- गाउँ सहर संवाददाता
- २६ जेठ बुधबार, २०७८ | १६:५७:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा ८१* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ८ हजार १७९ पुगेको छ ।
यो *मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट १६ हजार ६४२ को परीक्षण गरिएकोमा ४ हजार ३४२ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७६८ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ५ लाख १० हजार २५८ पुगेको छ । निको हुने दर ८५.२ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ८० हजार ३३७ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ३१२ को आइसियूमा र ३७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ७४ हजार ४३८ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ५ हजार ८९८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ६३४ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार ४६ जिल्लाहरुमा संक्रमणको दर ५०० माथि छ । पछिल्लो २४ घण्टाको तथ्यांकले कर्णाली प्रदेशमा सबैभन्दा बढी संक्रमित फेला परेका छन् भने सुदूरपश्चिमको दार्चुलामा पनि संक्रमण बढेको छ । यस्तै प्रदेश १ को पाँचथर, तेह्रथुम, प्रदेश २ को सिरहा, बागमती प्रदेश, ४ नं प्रदेशको नवलपरासी, ५ को रोल्पा, छ को रुकुम र सुदूरपश्चिमको दार्चुलामा संक्रमण बढेको देखिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस