मुख्यमन्त्री राउत जसपा प्रदेश -२ को संसदीय दलको नेता चयन
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १४:२३:०० मा प्रकाशित
जनकपुरधाम । जनता समाजवादी पार्टी प्रदेश-२ ससदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन् । उपेन्द्र यादव समुहले मुख्यमन्त्री राउतलाई दलको नेतामा चयन गरेको हो ।
पार्टी अध्यक्ष यादवको उपस्थितिमा जनकपुरधाम बसेको बैठकले राउतलाई दलको नेता चयन गरेको स्रोतले बतायो । दुई दिनसम्म चलेको बैठकबाट प्रदेश संसदीय दलको विधान पारित पारित गरेर त्यही विधान अनुसार दलको नेता चयन गरिएको हो ।
बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाका मन्त्री रामनरेश राय र नवलकिशोर साहलगायत ८ जना प्रदेशसभा सदस्य गरी ३८ जना सहभागी रहेको स्रोतले बतायो । उनीहरूले निर्णयमा हस्ताक्षर गरेका छन् ।
३८ भन्दा बढी प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा नेतामा राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस