पश्चिमी वायुकाे प्रभाव, थाहा पाउनुहाेस् तीन दिनकाे माैसम
- गाउँ सहर संवाददाता
- २२ जेठ शनिबार, २०७८ | १७:१६:०० मा प्रकाशित
काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । हाल प्रदेश १ को पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ २२ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ जेठ २३ गते (आइतबार)
दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ जेठ २४ गते (सोमबार)
दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
विभाग भन्छ- पहाडी भूभागका थोरै स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
प्रतिकृया दिनुहोस