एलआईसीको घुम्ती रक्तदानमा ८० युनिट रगत संकलन
- गाउँ सहर संवाददाता
- २१ जेठ शुक्रबार, २०७८ | २१:१३:०० मा प्रकाशित
लेखनाथ । कोभिड १९ को विषम परिस्थितिमा पोखरामा देखिएको रगतको अभावलाई ध्यानमा राख्दै एलआइसी नेपाल बिमा अभिकर्ता संघ शाखा समिति पोखरा एवं लेखनाथ शाखाको संयुक्त आयोजनामा भएको घुम्ती रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ ।
रगतकै अभावले कोही पनि विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्येश्यले रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराका विभिन्न आठ ठाउँमा राखिएको रक्तदानमा ८० युनिट रगत संकलन भएको हो ।
लेखनाथको तालचोकबाट सुरु भएको रत्तदानको अभियानमा पहिलो रक्तदाता डायमण्ड माविका प्राचार्य यम बहादुर रोक्कालाई ब्लड ब्याग हस्तान्त्रण गर्दै विमा अभिकर्ता संघ शाखा समिति पोखराका अध्यक्ष रामप्रसाद आचार्यले अभियानलाई सफल पार्न सवैले स्वास्थ्यका मापदण्ड पालन गर्दै सहभागी हुन सवैमा अनुरोध गरेका थिए ।
रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल नाराका साथ संचालन गरिएको अभियान लेखनाथको कालिकाचोक, पोखराको खशीवजार, घलेचोक, विरौटा, आलुमाईलाचोक हुदै अर्चलबोट र तेर्सापट्टी पुगी समापन गरिएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस