कोरोनाभाइरसको सक्रिय संक्रमण घट्यो, निकाे हुने बढे, थप १०१* जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २१ जेठ शुक्रबार, २०७८ | १६:५८:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १०१* जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ७ हजार ७३१ पुगेको छ ।
यो मृत्यु* नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २० हजार ८१३ को परीक्षण गरिएकोमा ६ हजार ६५३ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । निको हुने दर ८१.९ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ७५५ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ९७ हजार ६९९ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ४२२ को आइसियूमा र ४०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या ९० हजार ८९२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार ८०७ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा कडा निषेधाज्ञा जारी गरिएको छ भने काठमाडौँ उपत्यकामा केहि खुकुलो गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २१ वर्षदेखि ६० वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ । तर पहिलेको भन्दा अवस्था सुधार हुँदै गएको मन्त्रालयको भनाइ छ ।
देशभर आजसम्म ३१ लाख २१ हजार १२० को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
प्रतिकृया दिनुहोस