गाउँ सहर

साउदी अरब सरकारसंग दूतावासकाे लागि जीटूजी (G2G) माध्यमबाट जग्गा खरीद प्रक्रिया अन्तिम चरणमा

काठमाडाैँ । राजदूतावासको लागि नेपालले साउदी अरब सरकारसंग जीटूजी (G2G) माध्यमबाट जगा खरीद प्रक्रिया अन्तिम चरणमा पुगेकाे छ । 

साउदी अरबस्थित नेपाली दूतावासका अनुसार रियाद स्थित करीब ८ वर्ग कि.मि. क्षेत्रफलमा रहेको Diplomtic Quarter (DQ) भित्र रहेकाे जग्गाकाे सम्झाैता अन्तिम चरणमा पुगेकाे हाे । 

अहिले DQ भित्र करिब ७५ देशका राजदूतावास रहेका छन् ।

खरीद सम्झौता अन्य देशसंग भए अनुसार नै नेपालसंग पनि हुने सहमति भएकाे राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले बताए ।

उनका अनुसार जग्गा व्यवस्थापनको मुख्य कार्यालय Royal Commission for Royal City को महाप्रबन्धक Mr Yasser Binzouman बाट खरीद सम्झौताको मस्यौदा (Draft Purchase Agreement) हस्तान्तरण भएकाे छ ।

गाउँ सहर संवाददाता