क्यानसँगकाे सम्झाैताबाट बाहिरिने सन्दीपको निर्णय
- गाउँ सहर संवाददाता
- ३१ बैशाख बुधबार, २०८२ | १४:०१:०० मा प्रकाशित

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्।
बुधबार आगामी सिरिजका लागि टोलीलाई क्यानले बिदा गरेको केही समयपछि उनले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने निर्णयमा पुगेको घोषणा गरेका हुन्।
‘धेरै सोच विचार पछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यवसायीक रुपमा अगाडी बढ्ने दिशामा एउटा कदम हो,’ सन्दीपले लेखेका छन्।
आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन्। नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन्।
‘जीवन भनेको विकासशील बाटो र जिम्मेवारीहरुले भरिएको यात्रा हो। अझै धेरै कुराहरु सिक्न बाँकी छ। धेरै समय बाँकी छ। धेरै गर्न बाँकी छ। म क्रिकेट र त्यसपछिको यात्राका लागि उत्साहित छु’, सन्दीपले लेखेका छन्। सन्दीपले भनेका छन्–कहिलेकहिँ छनोटहरु उद्देश्य र विकासको ठाउँबाट गरिन्छ।
नयाँ उर्जा र खुला हृदयका साथ आफ्नो यात्रा जारी रहेको भन्दै सन्दीपले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघले पछिल्लो समय स्कटल्यान्डमा हुने लिग २ का लागि टोली घोषणा गरेको छ। र उक्त टोलीमा लामिछाने पनि परेका छन्।
यस्तै क्यानको केन्द्रीय सम्झौतामा पनि सन्दीपसहित ५ खेलाडीलाई ए ग्रेडमा राखिएको छ। तर यसअघि घरेलु लिगमै खराव व्यवहारका कारण सन्दीपलाई क्यानले कारबाही गरेको थियो। त्यसपछि पनि यस्तै विचलित देखिएका सन्दीप अन्तर्राष्ट्रिय खेलका लागि जानु अघि असन्तुष्ट देखिएका हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
प्रतिकृया दिनुहोस