सिटिजन लाइफ इन्स्योरेन्सले ल्यायाे अनलाइनमार्फत् बीमा दाबी गर्न सकिने सुविधा
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | १५:४३:०० मा प्रकाशित
काठमाडाैं । अब सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइन मार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने भएका छन् ।
काठमाडाैं । सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइन मार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने भएका छन् ।
कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितिमा सेवाग्राहीको सुरक्षा र सेवालाई ध्यानमा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवा शुरु गरेसँगै बीमितले उक्त सेवा पाउने भएका हुन् ।
यस सुविधामार्फत् अबदेखि सेवाग्राही/बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ ।
सेवाग्राही र बीमितले बीमा दावी गर्नको लागी कम्पनीको कार्यालयमा गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सक्नेछन् ।
कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दाबी प्रकृया अगाडि बढाउन सक्नेछन् ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने विश्वास कम्पनीले लिएको छ ।
डिजिटल अभियान अन्तर्गत कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जानकारी दिए ।
कम्पनीले ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको छ ।
कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी घरमै बसेर बीमाशुल्क तिर्न सकिने व्यवस्थाको लागि इ-सेवा, फोन पे, कनेक्ट आइपीएसलगायतका डिजिटल बैकिङ सुविधा र कम्पनीको बैंक खाताहरु उपलव्ध गराउँदै आएको छ ।
स्मरण रहाेस् सिटिजन लाइफ इन्स्याेरेन्सले चाँडै नै ७५ कराेड बराबरकाे आइपिओ जारी गर्न लागेकाे छ । कम्पनीले मुलुकभरका १२५ शाखामार्फत सेवा प्रदान गर्दै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस