ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्याे, सबै नागरिकलाई कोभिड खोप निःशुल्क
- गाउँ सहर संवाददाता
- १५ जेठ शनिबार, २०७८ | १६:५५:०० मा प्रकाशित
काठमाडौं । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भक्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभक्ता ४ हजार पुर्याएको बताए ।
सामाजिक सुरक्षा भक्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।
सरकारले सबै नागरिकलाई यथाशीघ्र कोभिड खोप निःशुल्करुपमा व्यवस्था गर्ने र खोप खरिदका लागि २६ अर्ब ७५ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी गराए ।
त्यस्तै, अस्पतालमा खट्ने स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ताका लागि ३७ अर्व ५३ करोड रुपियाँ विनियोजन गरिएको छ । अस्पतालमा स्वास्थ्यकर्मी अभाव हुन नदिन करारमा लिने व्यवस्था गरिएको उनले बताए । त्यस्तै, कोभिड नियन्त्रण तथा उपचारका लागि थप ४ अर्व रुपियाँ विनियोजन भएको छ ।
त्यस्तै, सिकलसेल एनिमिया, मुटुरोग उपचारका लागि २ अर्व ५० करोड रुपियाँ विनियोजन भएको छ । अर्थमन्त्री पौडेलकाअनुसार प्रदेश सरकारलाई ३७ अर्व ८७ करोड र स्थानीय तहलाई १ खर्ब ७३ अर्व ५० करोड रुपियाँ सशर्त अनुदान प्रदान गरिने छ । सञ्चार माध्यम (मिडिया) लाई निःशुल्क नविकरण गर्ने व्यवस्था बजेटले गरेको छ ।
सोहीअनुसार अर्थमन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयका लागि १ खर्ब २२ अर्व ७७ करोड रुपियाँ विनियोजन गरिएकाे बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस