विश्व

भारतमा थप ३ हजार ६१७ जनाको कोरोनाका कारण मृत्यु, सक्रिय संक्रमणको प्रतिशत ८.०४

काठमाडौँ । भारतमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ६१७ रहेको त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसहित कुल मृतकको संख्या ३ लाख २२ हजार ५१२ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले देशमा २२ लाख २८ हजार ७२४ सक्रिय संक्रमित छन् । अहिलेसम्म २ करोड ५१ लाख ७८ हजार ११ ले कोरोना जितेका छन् । 

पछिल्लो समय भारतमा संक्रमण र मृतकको दरमा कमी आएको छ । अहिलेसम्म २० कराेड बढीले खाेप लगाएकाे त्यहाँकाे मन्त्रालयले जनाएकाे छ ।

गाउँ सहर संवाददाता