विश्वभर काेराेना संक्रमण दर घट्दाे क्रममा, भारतमा दैनिक मृत्यु हुने संख्या अझै चार हजार माथि
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | ०९:०७:०० मा प्रकाशित

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १५ करोड १७ हजार जना भन्दा बढि छन् । विश्वभर हाल १ कराेड ४९ लाख ९७ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १६ करोड ८५ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या ३४ लाख ९९ हजार ४३४ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९६ हजार २७२ जनाको अवस्था गम्भीर छ ।
भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । विश्वभर ५ लाख २३ हजार थपिएकामध्ये भारतमा २ लाख ८ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड ७१ लाख ५६ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ४ हजार १ सय ७२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या ३ लाख ११ हजार ४२१ जना पुगेकाे छ । त्यसैगरि हालसम्म २ कराेड ४३ लाख ४३ हजार जना निको भएका छन् । सक्रिय केस २५ लाख १ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३९ लाख ४७ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ६ लाख ५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ६ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ७६ लाख ६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५७ लाख ३५ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ६१ लाख ९५ हजार जना संक्रमितमध्ये १ कराेड ४६ लाख ४८ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख ५२ हजारभन्दा बढी छन् । हाल १० लाख ९५ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ५ लाख २८ हजार ८४८ जना पुगेका छन् भने ४ लाख ४ हजार ८८७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ६ हजार ७०० पुगेको छ भने १ लाख १७ हजार २६१ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस