स्वास्थ्य

काेराेनाभाइरसबाट थप १६९* जनाकाे मृत्यु, थपिए ८ हजार ६३६, निकाे भए ६ हजार ४०४

काठमाडाैँ । कोभिड संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९* जनाको मृत्यु भएको छ । याेसहित कुल मृत्यु हुनेकाे संख्या ६ हजार ७०० पुगेकाे छ । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकासहितकाे संख्या ५ लाख २८ हजार ८४८ पुगेकाे छ ।

यस्तै निकाे हुनेकाे संख्या ६ हजार ४०४ छ र याेसहित कुल निकाे हुनेकाे संख्या ४ लाख ४ हजार ८८७ पुगेकाे छ । निकाे हुनेकाे प्रतिशत ७६.६ पुगेकाे छ ।

मन्त्रालयका अनुसार अहिले देशमा कुल संक्रमितकाे संख्या १ लाख १७ हजार २६१ छ । देशमा ९१४ जना क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा २२ हजार ३०६ काे पीसीआर भएको छ । याे सहित कुल पीसीआर गरिनेकाे संख्या २९ लाख ५८ हजार ६२० पुगेकाे छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरूमा १ हजार ६७२ आइसियुमा र ४४७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

गाउँ सहर संवाददाता