पछिल्लाे दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु
- गाउँ सहर संवाददाता
- ११ जेठ मंगलबार, २०७८ | ११:३१:०० मा प्रकाशित
काठमाडाैं । गएको दुई हप्तामा विदेशमा रहेका थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
गैरआवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिका अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र प्रोचुगलमा १ जना गरी थप ४१ जना नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
सङ्घको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार भारतसहित विभिन्न २८ देशमा रहेका ४ सय २३ जना नेपालीको अहिलेसम्म कोरोनाको कारण मृत्यु भएको छ ।
अहिलेसम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरूमध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।
गैरआवासीय नेपाली सङ्घले कोरोना महामारी सुरु भएदेखि नै विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस