वातावरण

आइतबार कतै बदली कतै सामान्य

२०७८ जेठ ९ गते (आइतबार) काे माैसम यस्ताे छः

दिउँसो: पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ । पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति: पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत