निषेधाज्ञा लागू भएपछि काेराेना संक्रमितकाे संख्या १ लाख ८८ हजार बढ्याे (तथ्यांकसहित्)
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | १९:०१:०० मा प्रकाशित

काठमााडाैँ । काेराेनाभाइरसकाे दाेस्राे लहरलाई नियन्त्रण गर्न भन्दै बैशाखबाटै बाँके, काठमाडाैँलगायत देशका प्रायः स्थानहरूमा निषेधाज्ञा लगाइएकाे थियाे । काेराेनाकाे बढ्दाे चेनलाई ब्रेक गर्न स्थानीय जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरेका थिए ।
उनीहरूले बढिरहेको कोरोना संक्रमण र त्यसले पुर्याउनसक्ने असरलाई मनन् गर्दै रोकथामको लागि अत्यावश्यकबाहेकका लागि आदेश जारी गरेका थिए ।
दाेस्राे निषेधाज्ञा बैशाख सुरूबाटै बाँकेमा लागेकाे थियाे । काठमाडाैँलगायत अन्य स्थानहरूमा क्रमशः बैशाख १६ गतेबाट जारी गरिएका थिए । बैशाख १६ पश्चात आज जेष्ठ ७ गतेसम्ममा नेपालमा काेराेनाकाे तथ्यांक यस्ताे देखिन्छ ।
बैशाख १६ अर्थात अप्रिल २९ मा देशभरमा काेराेना संक्रमितकाे संख्या ३ लाख १७ हजार ५३० थियाे भने २ लाख ८० हजार १६७ जनाले राेग जितेका थिए । साे दिनसम्ममा ३ हजार २ सय ४६ जनाकाे मृत्यु भएकाे थियाे । निकाे हुने दर ८८.२ प्रतिशत थियाे । कुल परीक्षणकाे दायरा १३ हजारमा थियाे । सक्रिय संक्रमितकाे संख्या ३४ हजार ११७ थियाे ।
बैशाख १६ अर्थात अप्रिल २९
आजकाे दिनमा ८ जेष्ठ, अर्थात् २२ मे सम्ममा नेपालमा काेराेना संक्रमितकाे संख्या ५ लाख ५ हजार ६४३ छ भने निकाे हुनेकाे संख्या ३ लाख ८३ हजार ६८४ छ । आजसम्म ६ हजार १५३ काे ज्यान गइसकेकाे छ । निकाे हुने दर ७५.८ प्रतिशत छ । परीक्षणकाे दायरा २३ हजारमा पुगेकाे छ । सक्रिय संक्रमितकाे संख्या १ लाख १५ हजार ८०६ छ ।
जेष्ठ ८, अर्थात् २२ मे
यसरी यी दिनहरूकाे तथ्यांकिय विश्लेषण गर्दा यसबीचमा भाइरसका कारण मृत्यु हुनेकाे संख्या २ हजार ९०७ छ । १ लाख ३ हजार ५१७ निकाे भएका छन् । नयाँ १ लाख ८८ हजार ११३ संक्रमित थपिएका छन् । निकाे हुने दरमा पनि घटी देखिएकाे छ जुन १२.४ प्रतिशतले घटेकाे छ ।
यसबीचकाे तथ्यांकले २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण फैलिएकाे देखाएकाे छ । देशभर आजसम्म २८ लाख ७८ हजार १४६ को पिसिआर परीक्षण भइसकेको छ ।
यी तथ्यांकहरू मापन गर्दा काेराेनाभाइरसकाे नयाँ भेरियन्टसँगै अस्पतालमा अभाव, सामग्रीकाे अभाव देखिएकाे छ भने नेपाल उच्च जाेखिमकाे अवस्थामा कुनै सुधारकाे यात्रामा नरहेकाे स्पष्ट देखिन्छ । चुनाैतिका चाङ्बीच सरकार र सराेकारवालाकाे तन, मन र ध्यान यसकै वरीपरी हुनुपर्ने देखिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस