प्रतिनिधसभा विघटन जनताकाे अभिमतमाथिकाे कुठाराघात : शशांक काेइराला
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | १२:३९:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नु जनताकाे अभिमतमाथि कुठाराघात भएकाे जनाएका छन् ।
काेइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा आपत्ति जनाएका छन्।
सभापति शेरबहादुर देउवाका पक्षमा १४९ जनाको हस्ताक्षर पेश गरिएको उल्लेख गर्दै कोइरालाले संविधानको धारा ७६ (५) अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको बताए।
‘प्रधानमन्त्री र मन्त्रिपरिषदको सिफारिसमा गैरसंवैधानिक तवरले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको विज्ञप्तिको विरोध गरी देशलाई अन्यौलतातर्फ जानुबाट बचाउन र संविधानको रक्षा गर्न सबैमा अपिल गर्दछु,’ आज विज्ञप्ति निकालेर उनले भने।
प्रतिनिधि सभा विघटन गरेर राष्ट्रपति र प्रधानमन्त्रीले जनताको अभिमतमाथि कुठाराघात गरेकोसमेत उनले बताए।
कोरोना महामारीका बेला मुलुकलाई गैरसंवैधानिक तवरबाट निर्वाचनमा धकेलेकोमा उनले आपत्ति जनाएका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस