उँभाे-उँभाे लेक चढ्दै शेयरबजार, नेप्से परिसूचक र काराेबार हालसम्मकै उच्च
- गाउँ सहर संवाददाता
- ४ जेठ मंगलबार, २०७८ | १५:३३:०० मा प्रकाशित
काठमाडाैं । निषेधाज्ञामा पनि सेयर बजारमा दिनहुँ रेकर्ड कायम गर्दै नेप्से परिसूचक लेक चढिरहेकाे छ । आज एकै दिन दोहोरो रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सेयर बजारमा मंगलबार पनि हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.९० विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । त्यसैगरि यसअघि कायम भएको १० अर्ब ४४ करोडको कारोबार तोडिँदै ११ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।
यो दिन १८० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
यो दिनको कारोबारमा ३३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । साथै ११ वटा कम्पनीको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
यसदिन नेपाल टेलिकम, अपर तामाकोशी, शिखर इन्स्योरेन्स, लगायतको मूल्य घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६७ करोड ९२ लाख बढीको शेयर कारोबार भएको छ । नेशनल लाइफ र अरुण काबेलीको ३१ करोड माथि कारोबार हुँदा आइएमई जनरल, नागरिक लगानी कोष, नेशनल हाइड्रो, एनआईडिसीएल, बुटवल पावर, सिनर्जी पावर र युनाइटेड मोदी हाइड्रोको उच्च कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस