नेप्से हालसम्मकै उच्च विन्दुमा, क-कसले कमाए ?
- गाउँ सहर संवाददाता
- ३ जेठ सोमबार, २०७८ | १५:२०:०० मा प्रकाशित

काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दाेहाेराे अंकले बढेकाे छ ।
आइतबार उच्च अंकले बढेको नेप्सेमा आज पनि २०.७१ अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको छ ।
यसदिन कुल १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा कारोबार भएको छ ।
आज कूल ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २१८ वटा कम्पनीका एक करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर एक लाख एक हजार ९१८ पटक खरिद-बिक्री भए ।
यो दिन १३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १८ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।
सोमबारको कारोबारमा रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी समता घरेलु, राधी विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्टत बैंक, प्रोग्रेसिभ फाइनान्स, गुँरास लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रो, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट, खानीखोल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.५७ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यसका साथै विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स र ज्योति विकास बैंकको सेयर मूल्यमा गिरावट देखिएको छ ।
आज नेपाल पुनर्बिमा कम्पनीको सेयर सबैभन्दा धेरै ६६ करोड एक लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सङ्ख्यात्मक आधारमा अरुण काबेली पावर लिमिटेडका छ लाख ६८ हजार २२७ कित्ता सेयर किनबेच भएका भए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस