महामारीमा रेमिट्यान्सकाे भरथेग, ९ महिनामा ७ खर्ब २९ अर्ब भित्रियो
- गाउँ सहर संवाददाता
- २९ बैशाख बुधबार, २०७८ | १६:३८:०० मा प्रकाशित
काठमाडौं । काेभिड महामारीले थलिएकाे आर्थिक शिथिलताकाे बेला मुलुककाे लागि रेमिट्यान्सले भरथेग गरेकाे देखिएकाे छ । चालु आर्थिक वर्षको ९ महिनाम ७ खर्ब २९ अर्ब रेमिट्यान्स (विप्रेषण आप्रवाह) भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङअनुसार २०७७ असार मसान्तमा कुल ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यही अवधिमा ६ खर्ब २६ अर्ब ९० करोड रेमिट्यान्स आएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६६.७ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १५.० प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई रु.८१४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस