९ महिनामा रेमिट्यान्समार्फत साढे १६ खर्ब भित्रियो, विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ९४ अर्ब नाघ्यो
- गाउँ सहर संवाददाता
- २९ बैशाख मंगलबार, २०८३ | ०८:२९:०० मा प्रकाशित
काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) रेमिट्यान्समार्फत १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स झित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको चैतसम्म रेमिट्यान्स आप्रवाह ३९.१ प्रशितले बढेको हो । गत वर्षको चैतसम्म्म रेमिट्यान्स १०.२ प्रतिशतले बढेको थियो ।
यस्तै, २०८२ चैत महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ९ अर्ब ७५ करोड रहको छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३१.९ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
गएको नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ९४ हजार १ सय ८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ९३ हजार २ सय ५९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३ लाख ५८ हजार २ सय २२ र २ हलाख ४९ हजार ६ सय ५२ रहेको थियो ।
त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । गत असार मसान्तको तुलनामा यो ३०.५ प्रतिशतले बढी हो । २०८२ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले वृद्धि भई २३ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ चैत मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई ३० खर्ब ८२ अर्ब ४१ करोड पुगेको छ । २०८२ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस