गाउँ सहर
चीनबाट दश वटा भेन्टिलेटर मेसिन, चारसय थान अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्यो
- गाउँ सहर संवाददाता
- २८ बैशाख मंगलबार, २०७८ | १९:३४:०० मा प्रकाशित

काठमाडाैं । चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ ।
चार सय अक्सिजन सिलिन्डर लिएर जहाज आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चारसय थान आज ल्याइएको हो ।
महामारी विरूद्ध नेपाली जनताको लडाइँलाई समर्थन गर्दै नेपाल सरकारको अनुरोध अनुरुप चीन सरकारले नेपाललाई आपतकालीन चिकित्सा सहयोग पु¥याउने निर्णय गरेको दूतावासले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस