प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने, पाउलान् त विश्वासकाे मत ?
- गाउँ सहर संवाददाता
- २७ बैशाख सोमबार, २०७८ | ०८:५२:०० मा प्रकाशित
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।
आज संसदको विशेष अधिवेशन अन्तर्गतको बैठक दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि राष्ट्रपतिबाट संसदको विशेष अधिवेशनको आह्वान भएको हो ।
बैठकको सुरुमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र सोमबार नै विश्वासको मतमा मतदानको तयारी गरिएको संघीय संसद सचिवालयले जनाएको छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले संसदमा हाल कायम रहेका २७१ सांसदमध्ये बहुमतका लागि १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ । १३६ मत प्राप्त गर्न नसके प्रधानमन्त्रीले संसदको विश्वास गुमाउने छन् र पदमुक्त हुनेछन् ।
अहिलेसम्मको संसदीय गणितलाई हेर्दा एमालेसँग १२१ भोट छ । यसमा १५ मत अन्य दलबाट ल्याउनुपर्ने हुन्छ ।
नेकपा विघटन र एमालेभित्रकै आन्तरिक कलहका कारण सत्ता संकटमा परेका बेला ओलीले विश्वासको मत लिने निर्णयमा पुगेका हुन् । संसदबाट विश्वासको मत लिन निर्णायक मतका रुपमा नेकपा एमालेकै माधव नेपाल पक्षीय सांसदहरु देखिएका छन् ।
६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।
संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।
एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस