काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार ७७७ नयाँ संक्रमित थपिएका छन् भने ७३ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १८ हजार ७८७ परीक्षण गरिएकोमा कुल ८ हजार ८५० नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७६.७ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ८८ हजार १६० सक्रिय संक्रमित रहेका छन् । आज ४१९ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरका अस्पतालहरूमा ८३२ जनाकाे आइसियूमा र २६७ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।
पूर्ण विवरण
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस