स्वास्थ्य

कोरोनाभाइरसबाट ८८ जनाको मृत्यु, ४ हजार २२ जनाले गरे स्वास्थ्य लाभ

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ८८ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले प्रकाशित गरेको विवरणमा "सीसीएमसी नेपाली सेनाद्वारा कोभिड-१९ को शव व्यवस्थापन तथ्याङ्कको आधारमा" मृतकको सङ्ख्या थप भएको उल्लेख छ ।

सोमवार अपराह्ण मन्त्रालयले गरेको ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा मृत्यु पुष्टि भएका ५२ जनाबाहेक मृतकको सङ्ख्या २६ ले बढेको बताएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार ७७७ नयाँ संक्रमित थपिएका छन् भने ७३ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट १८ हजार ७८७ परीक्षण गरिएकोमा कुल ८ हजार ८५० नयाँ संक्रमित थपिएका छन् । 

यसरी थपिनेमा काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ गरि ४ हजार १९८ उपत्यकाबाट मात्रै छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७६.७ रहेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ८८ हजार १६० सक्रिय संक्रमित रहेका छन् । आज ४१९ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।

*मन्त्रालयले पछि प्रकाशित गरेको विवरणका आधारमा पहिला प्रकाशित मृतक सङ्ख्यामा संशोधन गरिएको छ ।

मन्त्रालयकाे सन्देश

गाउँ सहर संवाददाता

[email protected] लेख्नुहुन्छ २९ बैशाख, २०७८ ०८:४१ am

7607484221

तपाईँको मत