अस्पतालहरूले अक्सिजन किन्नुअघि स्वास्थ्य मन्त्रालयकाे सिफारिस लिनुपर्ने
- गाउँ सहर संवाददाता
- २५ बैशाख शनिबार, २०७८ | २१:०१:०० मा प्रकाशित
काठमाडाैं । सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुले अक्सिजन किन्नुअघि स्वास्थ्य मन्त्रालयकाे सिफारिस लिनुपर्ने भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई निर्देशन दिएकाे छ ।
दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।
आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
प्रतिकृया दिनुहोस