कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ५० जनाको मृत्यु, २ हजार ९०५ जनाले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- २४ बैशाख शुक्रबार, २०७८ | १७:१५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ५७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ९ हजार २३ नयाँ संक्रमित थपिएका छन् भने १७३ जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट २० हजार ४८२ परीक्षण गरिएकोमा कुल ९ हजार १९६ नयाँ संक्रमित थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७८.२ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ७८ हजार ६२९ सक्रिय संक्रमित रहेका छन् । आज ३८० जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख ९८ हजार ४०५ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ७२८ को आइसियूमा र २३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार ५१९ जना आइसोलेशनमा, यस्तै १९४ जना आइसियूमा र ८८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
मन्त्रालयकाे सूचना

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस