कोरोना कहरः पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु, देशभर ७२ हजार ५६१ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- २३ बैशाख बिहीबार, २०७८ | १७:४२:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार ९७० नयाँ संक्रमित थपिएका छन् भने १०० जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट २१ हजार १४२ परीक्षण गरिएकोमा कुल ९ हजार ७० नयाँ संक्रमित थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७९.४ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा ७२ हजार ५६१ सक्रिय संक्रमित रहेका छन् । आज ३१४ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर टेस्ट भइसकेको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६५२ को आइसियूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार ३३२ जना आइसोलेशनमा, यस्तै १८७ जना आइसियूमा र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस