कोरोना कहरः पछिल्लो २४ घण्टामा थप ५४ जनाको मृत्यु, देशभर ७२ हजार ५६१ सक्रिय संक्रमित
- गाउँ सहर संवाददाता
- २३ बैशाख बिहीबार, २०७८ | १७:४२:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट ८ हजार ९७० नयाँ संक्रमित थपिएका छन् भने १०० जना एन्टिजेन विधिबाट पुष्टि भएका छन् । दुबै विधिबाट २१ हजार १४२ परीक्षण गरिएकोमा कुल ९ हजार ७० नयाँ संक्रमित थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७०७ जना निको भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ७९.४ रहेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा ७२ हजार ५६१ सक्रिय संक्रमित रहेका छन् । आज ३१४ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार आजसम्म २५ लाख ७८ हजार ४१८ जनाको पिसिआर टेस्ट भइसकेको छ ।

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ६५२ को आइसियूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँका अस्पतालहरुमा मात्र १ हजार ३३२ जना आइसोलेशनमा, यस्तै १८७ जना आइसियूमा र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न काठमाडौँलगायतका विभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस