प्रेरणा

बिना खर्च शरीरलाई स्वस्थ राख्ने एउटा विधि ‘हाँसाे’, स्वास्थ्यमा पुग्ने फाइदाहरु यस्ता छन्

हाँसो भनेको एक प्रकारको औषधि नै जसका धेरै फाइदा छन् । हाँस्नु मानिसको प्राकृतिक स्वभाव हो । हाँस्न कुनै मैल्य लाग्दैन । भनिन्छ जो हाँस्छ उहि बढी बाँच्छ । चिकित्सकबाट नै प्रमाणित कुरा हो हास्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।

हाँस्नु , बिना खर्च शरीरलाई स्वास्थ्य राख्ने एउटा विधि हो । हाँस्दा मानिसको शरीरमा रहेका विभिन्न खालका रोगहरु निको पार्न धेरै मद्धत पुग्छ । हाँस्दा मन शान्त हुने भएकाले पनि प्राय मानिसलाई हाँस्न सल्लाह दिने गरिन्छ । सधैँ हाँसिराख्ने व्यक्तिलाई रोगले पनि कमनै सताउने गर्छ । हाँस्दा मानिसलाई कस्ता फाइदा पुग्छन् भन्ने कुरा जान्न सकियो भने हामी हाँसोको माध्यमबाट सधैँ स्वास्थ्य रहन सक्छौँ ।

हाँस्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु यस्ता छन् :

१) उर्जा मिल्छ : हाँसेको बेला हामी लामो स्वास लिने र छोड्ने गरिन्छ जसले शरीरमा अक्सिजनको सञ्चार हुन्छ । यसले तपाईँ लामो समयसम्म उर्जावान रहनसक्नुहुन्छ । यदि तपाईँ एक मिनेट लगाएर जोडले हाँस्नु भयो भने १० मिनेट व्यायम गरेबराबर हुन्छ ।

२) जवान देखाउँछ : जो व्यक्ति बढी हास्छ उ लामो समयसम्म युवा देखिन्छ । हाँस्दा मुहारको मांसपेशीको व्यायम हुन्छ । जसले मुहारमा चाउरी पना देखिदैन । यसबाट एन्टी एजिंङको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

३) मस्तिस्कका लागि राम्रो : एक अनुसन्धानका अनुसार हाँस्दा मस्तिस्कमा अत्यन्तै धेरै सकारात्मक प्रभाव पर्दछ । नियमित हाँस्दा दिमाक मजबुत हुन्छ ।। यसका बाबजुत जो व्यक्ति बढी हाँस्छ उ भित्र तनाव उत्पन्न गर्ने हार्मोन पनि निकै कम हुन्छ ।

४) मिठो निन्द्राको लागि फाइदाजनक : हाँस्दा तपाईँको शरीरमा सकारात्मक भावना प्रेरित गर्नमा पनि मद्धत गर्छ । हाँसोको कारण मांसपेशीको आराम मिल्छ । यो शरीरको प्राकृतिक दुखाई निवारण गर्दै मिठो निन्द्रा दिनमा पनि काम आउछ ।

५) हाँस्दा बढछ प्रतिरोधी क्षमता : धेरै अनुसन्धानले यो प्रमाणित गरेको छ कि हाँसोले शरीरको रोगप्रतिरोधी क्षमता बढाँउछ । जो शरीरको रोगसँग लड्नेमा मद्धत गर्छ । यस प्रक्रियाको दौरान शरीरमा एन्टीभाइरल वा संक्रमणको रोक्नेवाला कोशिका बढ्छ ।

६) दुखाई हराउँछ : वैज्ञानिकहरुका अनुसार अति दुखाई हुने रोगको बिरामीलाई पनि यदि उ बढी हाँस्छ भने उसलाई अन्य बिरामीलाई भन्दा कम दुखाई घटाउन औषधि दिए पुग्छ ।

७) हाँस्ने व्यक्तिको सोच सकारात्मक हुन्छ : हाँस्ने प्रक्रियाको दौरानमा शरीरमा इन्डोर्फिन नामक हार्मोन बन्छ । जो पुरा शरीरमा सुखद अनुभव तथा सकारात्मक सोच भरिदिन्छ । यो हार्मोनले मुड् फ्रेस गर्न समेत मद्धत गर्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत